अध्यादेशले प्रजातान्त्रिक मुल्य मान्यता र लोकतन्त्रका आधारभूत संस्थालाई ध्वस्त बनायो : नेता केसी

हिमाली आवाज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिँह केसीले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्वन्धी अध्यादेश लोकतन्त्र माथिको चूनौती रहेकाले त्यसलाई पार्टीले अस्वीकार गर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संवैधानिक निकायहरु विधि र विधानसँगमात्र उत्तरदायी,स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यतामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रमुख प्रतिपक्षको नेतालाई सम्मिलित गरेर संवैधानिक परिषद्को व्यवस्था गरिएको उहाँको भनाई छ ।नेता केसीले अहिलेको यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने समेत स्पष्ट पार्नुभयो ।

“संवैधानिक परिषद्मा छ जनाको व्यवस्था सहित चार जनाको कोरम पु¥याउने र निर्णय सर्वसम्मत गर्ने व्यवस्था तोडेर आएको अध्यादेशले प्रजातान्त्रिक मुल्य मान्यता र लोकतन्त्रका आधारभूत संस्थालाई ध्वस्त ।” नेता केसीले भन्नुभयो,“यसबाट कार्यपालिका,न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरण र सन्तुलनमाथि प्रहार भएको छ ।”

जनताले काँग्रेसलाई पाँच वर्ष प्रमुख प्रतिपक्षको भूमिका दिएकाले काँग्रेस सरकारमा सहभागी नहुने र अस्थिरताको कारकतत्व समेत नबन्ने उहाँले स्पष्ट पार्नुभयो । अहिलेको अवस्थामा सत्तामा जानु भनेको काँग्रेसका लागि आत्महत्या हुने नेता केसीको भनाई छ ।

काँग्रेसका लागि १४ औँ महाधिवेशन सम्पन्न गर्नु प्रमुख जिम्मेवारी रहेको बताउँदै उहाँले एक÷डेढवर्षभित्र विधिवत अधिवेशन गर्ने गरी पूरानै महाधिवेशनबाट निर्वाचित सदस्यबाट फागुनभित्रमै महाधिवेशन सम्पन्न गर्ने बारेमा सोच्नुपर्ने आवश्यकता रहेकाले आफूले केन्द्रीय समिति बैठकमा प्रश्ताव लैजान लागेको जानकारी दिनुभयो ।

प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलको सभापत्विमा भएको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सञ्चालन सचिव प्रदीप पौडेलले गर्नुभएको थियो ।

Comments
Loading...