दाङ । मोटरसाइकलमा सवार एक महिलालाई बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघले थुतेर लगेको छ। हालसम्म ती महिलाको अवस्था अज्ञात छ।
कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले जानकारी दिनुभयो । डिएसपी खड्काका अनुसार मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाउनुभएको थियो ।
‘सन्तोषका अनुसार मोटरसाइकल अलि स्लो भएको थियो ,’ डिएसपी खड्काले भन्नुभयो ,‘त्यही बीचमा बाघले उहाँकी आमालाई झम्टिएर मोटरसाइकलबाटै घिसालेर लगेर गयो, कराउँदा कराउँदा पनि छोडेन।’
बाघले मोटरसाइकलबाट आमालाई लगेपछि सन्तोष भागेर निकुञ्जका सुरक्षाकर्मीलाई खबर गरेको डिएसपी खड्काले बताउनुभयो । उहाँलाई सामान्य चोट लागेको छ।
पूर्व(पश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति १० बजेतिर पूर्वबाट पश्चिम भुरीगाउँबाट चिसापानीतर्फ जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकलको पछाडि थापा सवार हुनुहुन्थ्यो । सेतोपाटीमा समाचार छ ।