माछापुच्छ्रेमा १८ वर्षीया युवती जंगलमा मृत फेला

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज एक युवती मृतअवस्थामा फेला परेकी छन् ।

वडा नं ८  कालिमाटी बस्ने देववहादुरका छोरी १८ वर्षीया ममता गुरुङ पुस २७ गते विहान ०८ः०० बजेको समयमा घरबाट कोही कसैलाई नसोधी निस्की हिडेकोमा खोजतलासको क्रममा आज दिउसो न्यास्रेको जंगलमा मृतअवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

जंगलमा मृत अवस्थामा युवतीका दाजुले फेला पारेपछि प्रहरीलाई खबर गरेको र सो स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...