माछापुच्छ्रे गाउँपालिकाका २७ सामुदायिक विद्यालयलाई नेलम्वोबाट स्वास्थ्य सामग्री सहयोग

हिमाली आवाज । पोखरा महानगरपालिका–४ गैहपाटनमा रहेको नेलम्बो नेपालले आज माछापुच्छ«े गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको छ ।

नेलम्वोले गाउँपालिकाभित्रका २७ सामुदायिक विद्यालयहरुलाई मास्क, सेनिटाइजर, र्थमलगन, हात धुने साबुन, फेस सिल्ड, केएन ९५ माक्स स्प ्रेबोतल, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड लगाएतका सामाग्रीहरु निःशुल्क उपलव्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङलाई नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा. किसन कोइरालाले ती सामग्रही हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङ्गले कोभिड १९ लक्षित कार्यक्रममा सम्पूर्ण सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामग्रीहरु वितरण गरी नेलम्वोले प्रशंसनीय कार्य गरेको बताउनुभयो ।

आगामी दिनमा समेत नेलम्बोका कार्यक्रमहरुसँग गाउँपालिका सहकार्य गरी कार्य गर्न इच्छुक रहेको बताउँदै अध्यक्ष गुरुङले उपलब्ध स्वास्थ्य सामाग्रीहरुको सही सदुपयोग गरी प्रयोग गर्न विद्यालयहरुलाई सुझाव समेत दिनु भयो ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्थाले कोभिड–१९ को विषम् परिस्थितिमा स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिँदै स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गर्दै आएको र अहिले विद्यालयहरुलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरी उच्च मनोवल प्रदान गरेको बताउनु भयो ।

संस्थाले विद्यालयहरुलाई रु दुई लाख ५७ हजार २११ र गाउँपालिकालाई रु ५७ हजार ७९५ गरी कूल तीन लाख १५ हजार बराबरको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भण्डारी, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Comments
Loading...