घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

हिमाली आवाज । स्याङ्जामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

हरिनास गाउँपालिका–५ बसन्तडाँडाका ६४ वर्षीया सेती कमिनी हिजो साँझ घाँस काट्न भनी घरबाट निस्किएकोमा घर नफर्किएपछि आफन्तहरुले खोजतलास गर्ने क्रममा आज विहान मृतअवस्थामा फेला पारेका थिए।

उनको बुर्धैरोको घास काट्ने क्रमममा अन्दाजी २० मिटर तल लडेर खोल्सामा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Comments
Loading...