कक्षा १२ को नतिजा आज प्रकाशित हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा आज प्रकाशित गर्ने भएको छ ।

आइतबार बसेको बोर्ड बैठकले सोमबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि अहिले विहान १० बजेपछि बोर्डको बैठक डाकिएको छ ।

वैशाख र जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो ।

Comments
Loading...