आमहड्तालको अघिल्लो दिन पोखरामा मसाल जुलुस

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले भोलीका लागि आह्वान गरेको देशव्यापी आमहड्तालको अघिल्लो दिन साँझ पोखरामा मसाल जुलुस निकालेको छ ।मसाल जुलुस निकाल्न प्रहरीले कडाई गरेपनि नेकपा कार्यकर्ताहरुले सिर्जनाचोकदेखी सभागृहचोकसम्म मसाल निकालेका थिए ।

मसाल जुलुमा प्रहरीले हस्ताक्षेप गर्दा केही बेर दुवैपक्षबीच धकेलाधकेल भएकोमामा आफ्नो तीन कार्यकर्ता सामान्य घाइते भएको नेकपा कास्कीले जनाएको छ । राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष भोजराज पौडेल क्षितिज सापकोटा सामान्य घाइते भएको बताइन्छ ।यसैगरी नेकपा कार्यकर्ताले अमरसिँहचोकमा पनि मसाल जुलुस निकालेका छन् ।

सभागृहमा आयोजित कोषसभामा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य विनय थापाले केपी ओली सरकारले असंवैधानिक र गैरकानूनी कार्यलाई निरन्तरता दिएकाले बाध्यतावस आमहड्तालमा उत्रिनुपरेको बताउनुभयो । उहाँले भोलीका लागि तय भएको बन्द सफल पार्न समेत आग्रह गर्नुभएको छ ।

Comments
Loading...