विश्व बैँकको सहयोगमा पोखरामा बन्दैछ अन्तर्राष्ट्रिस्तरको नमूना सडक

हिमाली आवाज । विश्व बैँकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको नमूना सडक निर्माण गरिने भएको छ ।

पोखरा महानगरपालिका–२७ तालचोकदेखी पर्यटकीय गन्तव्य बेगनासताल सम्मको तीन किमी २८० मिटर सडक रु एक अर्व ६० करोड ५० लाख लागतमा स्तरोन्नति गरी विश्व बैँकको मापदण्ड अनुसारको नमूना बनाउन लागिएको हो । हालको सडक स्तरोन्नति गरी मेडियन सहित ३० मिटर फराकिलो बनाउने योजना छ ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको शहरी शुसासन तथा पूर्वाधार परियोजनाले बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो सडकको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) का बारेमा छलफल आयोजना गरेर डिपिआर तयार भएकाले अब निर्माणका प्रक्रियामा अघि बढ्ने जनाएको छ ।

सो सडकको दाँया बायाँ साइकल ट्र्याक, पैदलमार्ग, व्यवस्थित नाला, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राखिने सो सडक परियोजनाका इन्जिनियर नवराज बोहोराले जानकारी दिनुभयो ।उहाँका अनुसार सडकमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर अन्तर्राष्ट्रियस्तरको बनाइने छ ।

महानगरका वरिष्ठ ईन्जिनियर शारदामोहन काफ्ले प्रति किमी लागतका हिसाबले सो सडक यहाँ बनेका सडक मध्यमा सबैभन्दा महङ्गोे रहेको बताउनुभयो । आगामी दुई महिनाभित्रमा बोलपत्र आह्वान लगायतका सबै प्रक्रिया शुरु गरेर यसै आर्थिक वर्षभित्र निर्माण शुरु गर्ने योजना रहेको इन्जिीनियर काफ्लेले जानकारी दिनुभयो ।

आगामी दुईवर्षभित्रमा सडक निर्माण गरिसक्ने योजना छ । विश्व बैँकको मापदण्ड अनुसार रहेकाले लागत बढी भएको बताइन्छ ।
पोखरा महानगर प्रमुख मानबहादुर जिसीले वर्षौँदेखिको सपना पूरा हुन लागेको र सडक महानगरको नमूना र गौरवको सडक बन्ने बताउनुभयो ।

सडक निर्माणपछि बेगनासताल क्षेत्रको पर्यटकीय सम्भावना समेत बढेर बताउउँदै उहाँले लामो समयको प्रयासपछि विश्व बैंकको सहयोगमा पोखरामा पहिलो काम हुन लागेको उल्लेख गर्नुभयो ।सडक विस्तार गर्ने क्रममा खानेपानी, विद्युत र टेलिफोन स्थान्तरणको कार्यमा सम्बन्धित कार्यालयहरुले महानगरको सरसल्लाहमा मात्र गर्नुपर्ने प्रमुख जिसीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सडक विस्तार हुँदैछ भन्ने जानकारी पाउँदा पाउँदै विद्युतका पोल गाड्ने लगायतका काम गर्नुहुँदैन, समन्वयको अभावमा काम गर्न कठिन हुन्छ । महानगरसँग सोधपुछ नगरी मनोमानी ढङ्गले काम गर्दा विकास छिटो हुँदैन ।”

प्र्रमुख प्रसासकीय अधिकृत महेश बरालले आयोजनाको लागत नबढ्ने गरी काम गर्न आग्रह गर्र्नुभयो । कार्यक्रममा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, शहरी शासकीय तथा पूर्वाधार आयोजनाका परियोजना निर्देशक परिक्षित कडरिया,पोखरा महानगरका शहरी योजना आयोगका सदस्य आर्किटेक्ट बाबुराम भण्डारी, लगातले महानगरको नमूना सडकलाई छिटो सम्पन्न गर्न सबैबाट सहयोगको आवश्यकता रहेकामा जोड दिनुभएको थियो ।

Comments
Loading...