गण्डकीका ११ वटै जिल्लामा शिक्षा पत्रकार समाजका संयोजक चयन

हिमाली आवाज । शिक्षा पत्रकार समाज गण्डकी प्रदेश संयोजकमा केशव पाठक चयन हुनु भएको छ ।

समाजको सहसंयोजकमा परशुराम शर्मा(कास्की) र प्रकाशचन्द्र भट्टराई(तनहुँ), कास्की जिल्ला संयोजकमा तारा चापागाई(दुवे), प्रदेश सदस्यहरुमा जुना थापा(कास्की), अनुज अधिकारी(लम्जुङ), माया अधिकारी (पर्वत), खेमराज गौतम(सुभाष) बागलुङ), लक्ष्मीप्रसाद पगेनी(नवलपुर), हरि सुवेदी(शुशिल) स्याङजा, सन्तोष गौतम(म्याग्दी), सुन्दर थकाली (मुस्ताङ), नविन लामिछाने(मनाङ),अस्विन दानी (गोर्खा) हुनुहुन्छ ।

संस्थाको सल्लाहकारमा हरिप्रसाद बास्तोला (कास्की), राजेन्द्र पहाडी(पर्वत), रोहर्शन पौडेल (कास्की) र भवानी अधिकारी (स्याङजा) चयन हुनुभएको छ ।
शिक्षा पत्रकार समाजद्धारा आज पोखरामा आयोजना तथा कोभोलिन्टर सर्भिज ओभर्सिज (भिएसओ) नेपाल र आसमान नेपालको सहयोगमा शिक्षा पत्रकार समाजले आज पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय नीतिगत बहस कार्यक्रममा सो टिमको घोषणा गरिएको हो ।
नवगठित समिति तथा सल्लाहकारहरुलाई संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश सिलवालले टिका लगाएर स्वागत गर्दै पत्रकारिताको क्षेत्रबाट शिक्षा क्षेत्रमा देखिएको समस्याको समाधान गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
विद्यालयमा असुरक्षा भएमा सिकाइ प्रभाविति हुने चिन्ता
विद्यालयमा बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, विपद् जोखिम, बन्द हड्ताल, परम्परागत कूरीति, सामाजिक विभद्जस्ता घटनाका कारण विद्यार्थीहरुमा बीचैमा कक्षा छाड्ने समस्या कायम रहेको पाइएको छ ।

भोलिन्टर सर्भिज ओभर्सिज (भिएसओ) नेपाल र आसमान नेपालको सहयोगमा शिक्षा पत्रकार समाजले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय नीतिगत बहश कार्यक्रममा गण्डकी प्रदेशसभाका सांसद, पालिकाका जनप्रतिनिधि, शैक्षिक निकायका प्रतिनिधि र शिक्षा क्षेत्रका सरोकार भएकाहरु सहभागी कार्यक्रममा विद्यालयमा भौतिक पूर्वाधार, शैक्षिक सामग्री, मनोसामाजिक वातावरणलगायतका पक्षमा पर्याप्तता हुनुपर्ने बताइएको हो । उनीहरुले गुणस्तरीय शिक्षाको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संविधानको मौलिक हकको कार्यान्वयनका लागि विद्यालयमा सुरक्षित सिकाइको वातावरण हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रदेशसभाका विधायन समितिका सभापति मोहन रेग्मीले शिक्षा क्षेत्रमा प्रदेशसभा र सरकारबाट तर्जुमा गरिएका नीतिहरु कार्यान्वयनका क्रममा रहेकाले सुरक्षित विद्यालयको वातावरण आफूहरुको पनि उत्तिकै चासोको विषय भएको बताउनुभयो । उहाँले विज्ञहरुको अध्ययनबाट प्राप्त सुझावलाई नीति र अभ्यासका क्रममा कार्यान्वयनका लागि आफूहरु तत्पर रहेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले गैह्रसरकारी संस्थाहरुलाई समुदाय र विद्यायस्तरका वास्तविक समस्याको पहिचान गरी सहयोग गर्न आग्रह गर्दै कतिपय केन्द्रीय नीतिमा रहेका असावधानीका कारण गरीब र धनी विद्यार्थीको पहिचानमा अन्योल देखिएको टिप्पणी गर्नुभयो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका सहसचिव तोयानाथ लम्सालले विद्यालयस्तरको शिक्षाको सञ्चालनको कार्यक्षेत्र स्थानीय तह भएकाले स्थानीय सरकारलाई क्षमतावृद्धि अनुगमनका लागि प्रभावकारी बनाउँदै शैक्षिक नीतिको कार्यान्वयन गरिएको जनाउनुभयो ।
प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक तिलक सिलवालले सामाजिक क्षेत्र र सञ्चार जगतले शैक्षिक समस्यालाई उत्तेजनात्मकरुपमा उठाउने मात्र नभई समाधानमूलकरुपमा पनि सम्बोधन पनि गराउनुपर्ने बताउनुभयो ।

नेपाल शिक्षक महासंघका केन्द्रीय प्रतिनिधि लोचना अधिकारीले शिक्षा पत्रकारहरुले शिक्षकका सकारात्मक योगदानलाई पनि बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भिएसओ नेपालका देशीय निर्देशक शयशंकर लालले ‘सेभ टु लर्न’ परियोजनाले विभिन्न प्रदेश र जिल्लामा सुरक्षिक विद्यालयका लागि हासिल गरेका अनुभव अन्य स्थानका लागि पनि प्रयोगमूलक हुने बताउनुभयो ।

कार्यक्रममा भिएसओ नेपालका कार्यक्रम व्यवस्थापक सुशीलबाबु खनाल, शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल, आसमान नेपालका कार्यक्रम व्यवस्थापक शेखर सापकोटा र विश्वनाथ घिमिरे, पत्रकार प्रकाश ढकाललगायतले गुणस्रीय र सुरक्षित सिकाइका लागि सम्बन्धित पक्षको हातेमालो आवश्यक रहेकामा जोड दिनुभएको थियो ।

 

 

 

 

Comments
Loading...