पोखरामा शनिबार सुजुकी गाडी किन्दा विशेष छुट

हिमाली आवाज । शनिबार पोखरामा सुजुकी गाडी किन्दा विशेष छुट सुविधा प्रदान गरिने भएको छ ।

सुजुकी गाडीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिले लान्यस क्लब डिष्ट्रिक ३२५ बि १ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई लक्ष्य गरी शनिबार एक दिनका लागि विशेष छुट सुविधा प्रदान गर्ने बतास ब्रदर्शका सिओओ राजेश रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार सुजुकीका सबै मोडलमा अतिरिक्त अधिकतम रु दुई लाख सम्म छुट सुविधा प्रदान गरिने छ

सुजुकीका विक्री प्रवन्धक नवराज अधिकारीले गण्डकी धौलागिरी क्षेत्रमा सुजुकी ब्राण्ड सर्वाधिक रोजाईमा पर्ने गरेको बताउँदै विभिन्न पर्व तथा अवसरमा ग्राहकहरुलाई थप छुट तथा सहुलियत प्रदान गर्ने योजना अनुसार छुट अपर ल्याइएको बताउनुभयो ।

Comments
Loading...