काठमाडौँमा घरबाहिर ननिस्कन र मर्निङ वाक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह(सूचना सहित)

काठमाडौँ । काठमाडौँको आकाशमा वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति निकाल्‍दै मन्त्रालयले भनेको छ, ‘घरबाहिर खुल्ला स्थानमा नबसौं, नखेलौ, मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने नगरौँ ।’

मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। यस्तै फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत मन्त्रालयले सचेत गराएको छ ।

‘घर बाहिर निस्कै परे अनिवार्य मास्क प्रयोग गरौं’ मन्त्रालयले भनेको छ, ‘ कोभिड–१९ को लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालन गरौ÷गराऔ ।’मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।

Comments
Loading...