पोखरा स्पोर्टस् अवार्ड :चार विधामा मनोनयन सार्वजनिक

हिमाली आवाज । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरामा आगामी वैशाख २० गते हुने पाँचौ संस्करणको पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक गरिएको छ ।

मञ्चले सोमबार पत्रकार सम्मेलन आयोजना गरी वर्र्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक गरी चार विधामा मनोनयन सार्वजनिक गरेको हो ।
मनोनयमनमा पर्नु भएका खेलाडीहरुमा वर्ष खेलाडी पुरुषतर्र्फ फुटबलका सुमन अर्याल, कराँतेका नवीन रसाइली र टबेलटेसिनका विनेश खनिँया रहनुभएको छ ।
वर्ष खेलाडी महिलामा साइक्लिङका जमुना थापा, तेक्वान्दोका पार्वती गुरुङ र प्रशंसा क्षेत्री हुनुहुन्छ ।यसैगरी उदियमान खेलाडीमा पौडीका दुवाना लामा, लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्री मनोनयनमा पर्नुभएको छ ।

उत्कृष्ट प्रशिक्षक विधातर्र्फ पौडीका आनन्द कुँबर, फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी मनोनयनमा पर्न सफल हुनुभएको छ। मञ्चले यस वर्ष विभिन्न सात विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्पोर्ट्स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड,वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला,उदियमान खेलाडी,उत्कृष्ट प्रशिक्षक,उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकारतर्फ दुई जनालाई अवार्ड वितरण गरिने छ ।

लाइफटाइम अचिभमेन्ट अवार्डमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला रहेको छ । वर्ष खेलाडी पुरुष र महिला जनही रु दुई लाख ट्रफी र दोसल्ला, रहेको छ । अन्य सबै विधाका पुरस्कार नगद रु ३५ हजार ट्रफी र प्रमाणपत्र रहेको मञ्चका महासचिव विजय नेपालले जानकारी दिनुभयो ।

खेलकूद बिना खेल पत्रकारिता सम्भव नरहेकाले खेलकूद र खेल क्षेत्रमा आवद्ध खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि मञ्चले वर्षेनी स्पोर्टस् अवार्ड प्रदान गर्दै आएको छ । खेल पत्रकारको हित, संरक्षण र वृत्ति विकासको लक्ष्य सहित मञ्चको स्थापना गरिएको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका सहित गण्डकी प्रदेशका स्थानीय तह र विभिन्न सङ्घ संस्थाबाट अवार्र्डका लागि आर्थिक सहयोग प्राप्त भएको मञ्चले जनाएको छ ।

Comments
Loading...