सेती नदी किनारको बस्ती संरक्षण गरिदै, आवश्कताभन्दा बढी प्राकृतिक स्रोत उत्खनन् नगर्न बरालको आग्रह

हिमाली आवाज ।
पोखरा १ मा रहेको शान्ति टोल टोल विकास संस्थाले सेतीनदी किनारामा रहेको बस्ती संरक्षण अभियानमा लागेको छ । गत बर्षको बर्षादले शान्ति टोल क्षेत्रमा सेतीनदीले कटान गरी बस्ती नै जोखिम भएकोेले उत्त बस्ती संरक्षणको अभियानमा आफुहरु लागी परेको संस्थाका अध्यक्ष विजयी शाहीले बताउनुभयो ।

करिब २४ रोपनी क्षेत्रफलमा दुई सय घर भएको सुकुम्बासि बस्तीको संरक्षण गर्ने अभियान अन्र्तगत शुक्रबार डोजर लगायर बस्ती संरक्षणको लागि काम अघि बढाएको अध्यक्ष शाहीले बताउनुभयो । सेतीनदीमा रहेको अव्यबस्थित ढुंगाहरुलाई बस्तीको संरक्षण गर्न डोजर लगायर ढुंगाहरु बस्तीको छेउछाउमा राखिने योजना छ ।

उक्त सेतीनदी किनारामा डोजर संचालनको लागि पोखरा महानगरपालिकाले तीन दिनको मात्र समय सिमा दिएकोले महानगरको सिमा भित्र नदीमा असर नपर्ने गरी बस्ती संरक्षण गरिने छ । विगत १३ बर्ष देखि विभिन्न जिल्लाका मजदुहरुले शान्ति टोलमा आश्रय स्थलको रुपमा बस्दै आएको हुदा सेतीनदीको जोखिम उच्च रहेकोले थप बस्ती संरक्षणमा सरकारको ध्यान जानु पर्ने संस्थाका सल्लाहकार राम बहादुर अधिकारीले बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर एक, महानगरपालिकाको अनुमति लियर मात्र आफुहरुले बस्ती संरक्षणमा सेतीनदी खोलालाई असर नपर्ने गरी खेलौटे ढुंगाहरु संकलन गरी बस्ती संरक्षण अभियानमा लागेको उहाँको भनाई छ ।

यसैबीच गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले शुक्रबार सेतीनदीको जोखिममा रहेको शान्ति टोलको बस्ती अवलोकन गर्नुभएको छ । सेतीनदीबाट आवश्यकता भन्दा बढी प्राकृतिक श्रोत ढुंगा, वालुवा निकाल्दा सेतीनदीको गहिराई बढेकोले बस्ती समेत जोखिम भएको हुँदा आवश्यकता भन्दा बढी उत्खनन् नगर्न आग्रह गर्नुभयो ।त्यस्तै सांसद बरालले हाल निर्माण हुदै गरेको गाईघाट शवदाह तथा चित्ता स्थलको अवलोकन गर्नुभयो ।

राज्यको सम्पत्ति सदुपयोग हुने गरी सेतीनदी किनारामा हुने संरचना निर्माणमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । रु २६ लाखको लागतमा ४ वटा शवदाह स्थल सहितको संरचना निर्माण कार्य हालै सुरु गरिएको गाईघाट शवदाह तथा चित्ता स्थल निर्माण समितिका अध्यक्ष इश्वरीलाल श्रेष्ठले जानकारी दिनुभयो ।
गत बर्षको बर्षादले घाइघाट जाने बाटो समेत भत्काएकोले हाल उत्त क्षेत्रमा बाटो सहितको शवदाह स्थल सहितको भौतिक संरचना निर्माण गर्न लागिएको बताइन्छ ।

Comments
Loading...