मोटरसाइकलबाट खसेकी महिलाको पोखरामा उपचारका क्रममा मृत्यु

हिमाली आवाज । मोटरसाइकलको पछाडि बस्दा खस्न जाँदा एक महिलाको ज्यान गएको छ ।

आइतबार साँझ तनहुँको म्याग्दे गाउँपालिका–४ ठाँटीटार स्थित पृथ्वीराजमार्गमा थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ नं.को मोटरसाईकलमा पछाडी सवार म्याग्दे गाउँपालिका–६ छबिसे बस्ने ५५ वर्षीया सानुमायाँ सार्की मोटरसाईकलबाट खस्न जाँदा घाइते हुनुभएको थियो ।

तत्कालै उद्धार गरी उपचारका लागि पोखराको फेवासिटी अस्पताल ल्याइएकामा सार्कीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

Comments
Loading...