‘निष्पक्ष भएर कृषकको सेवा गरिरहेका छौँ’

डा शोभा शर्मा
वरिष्ठ पशु विकास अधिकृत
एवं कार्यालय प्रमुख
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की

भेटेरिनरी क्षेत्रमा के कस्ता काम गर्नुभएको छ ?

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु स्वास्थ्य, उपचार, पशु आहारा, पशु प्रजनन सहित अनुदान, बिमाका क्षेत्रमा काम गरिरहेको छ । जनस्वास्थ्यका लागि मासु,डेरी पसल सुधारका वार्षिक कार्यक्रम कार्यान्वयन गरिहेका छौँ । प्रदेश सरकारको महत्वपूर्ण कार्यक्रम पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन भइरहेको छ । पूर्ण खोप कार्यक्रममा गाईभैँसी,भेडा,बाख्रा, बँगुर र कुकुरलाई विभिन्न रोगका विरुद्ध भ्याक्सिन लगाउने गरिन्छ । गाईभैँसीलाई खोरेत, भ्याकुते चरचरे, बाख्रामा पिपिआर, बंगुरमा स्वाइन फिभर र खोरेत तथा कुकुरमा रेबिज विरुद्धको खोप दिन शुरु गरेका छौँ । यस वर्ष जिल्लाको माछापुच्छ्रे र रुपा गाउँपालिकालाई पशुको पूर्ण खोप पालिका घोषणा गर्ने कार्यक्रम छ । पालिकाभरी ८० प्रतिशत जनावरलाईलाई मापदण्ड अनुसारको खोप दिनेछौँ ।

पशुको रगत संकलन र एन्टिबडी जाँच गरी प्रतिरोधी क्षमता अनुसार मापदण्ड अनुसार विकास भएमात्र पशुमा पूर्ण खोप पालिका घोषण गरिनेछ । माछापच्छ«ेको एक वडामा बाँकी छ । रुपमा वडास्तरीय कार्यक्रम सञ्चालन गरेका छौँ । वडास्तरीय प्रचार प्रसार सकेका छौँ । वैशाख १५ गते देखी रुपामा भ्याक्सिनेशनको शुरुआत गर्नेछौँ ।

यसैगरी अस्पतालमा गाईभैँसी, बाख्रा, कुकुर लगायतलाई उपचार सेवा प्रदान गर्ने गरिएको छ । पशुको गोबर, रगत परीक्षणका लागि प्रयोगशालामा पठाउने गरिएको छ । विभिन्न संक्रामक रोग फैलिइरहेको अवस्था छ अहिले कास्कीमा । पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पुशपन्क्षी रोग अन्वेशण प्रयोगशाला, पोखरा महानगरपालिका लगायतसँग समन्वयगरी संक्रामक रोग नियन्त्रणको काम भइरहेको छ । केही समयअघि देखिएको खोरेत रोग नियन्त्रणको जैविक सुरक्षा र डिसइन्फेक्शन लगायतका लगायतका वितरण ग¥यौँ । बंगुरमा हिजो आज मात्र पिआरआरएस पुष्टि भएको छ । त्यसको नियन्त्रको काम थालनी गरिसकेका छौँ ।

संघीयतापछि भेटेरिनरी अस्पताल र पशु विज्ञ केन्द्र नयाँ कार्यालय हो । सेवा प्रवाहमा के चुनौती छन् ?

कार्यक्रममा कृषकहरुबाट माग अत्यधिक आउने तर सीमित साधन स्रोतका कारण पूरा गर्न नसकिने खालको चूनौती छ । माग अनुसार कार्यक्रम सञ्चालनका लागि पर्याप्त बजेट छैन । धेरै नयाँ नयाँ फार्म खुल्ने क्रममा रहेकाले पनि फार्महरुको विस्तारका लागि कृषकहरुले सरकारसँग अपेक्षा गर्नुभको छ । युवाहरुको सरकारसँग आशा छ । उहाँहरुले व्यवसाय विस्तारको लागि केही सहयोग हुन्छ की भन्ने आशा गर्नुहुन्छ । आवेदन हाल्नुहुन्छ । आवेदन ठूलो संख्यामा पर्छ । हाम्रो स्रोत सीमित छ । आवेदनमा सहभागी भएपनि सबैले अनुदान पाउने अवस्था छैन ।पशुपन्क्षी बजार औपचारिक खालको नहुँदा किसान आफ्नो उत्पादन हुन नसकेको गुनासो लिएर आउनुहुन्छ ।

यसैगरी कोभिडको मारमा पशुपन्क्षी व्यवसाय परेको छ । दूध विक्री, दाना चोक्कर तथा पशु औषधीको ढुवानीमा समस्या छ । हामीसँग दरवन्दी अनुसारको जनशक्ति नहुँदा समस्या भयो । तर एक÷दुई दिनअघि मात्र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट करारमा नियुक्त भएर केही जनशक्ति प्राप्त भएको छ । यसबाट जनशक्तिको समस्या धेरै हदसम्म हल भएको छ ।

कृषकहरुलाई कसरी प्राविधिक सहयोग दिनुभएको छ ?
प्राविधिक सेवा कृषकको गोठ गोठमा प्रदान गर्न हाम्रो कार्यालयको मात्र जनशक्तिले दिन सक्ने अवस्था छैन । जो कृषक यहाँ आएर अस्पतालबाट सेवा लिन चाहनेहरुलाई दिइरहेका छौँ । फोनबाट केही सोध्नुभयो भने परामर्श सेवा दिने गरेका छौँ । स्थानीय तहको प्राविधिक कर्मचारीहरु, विभिन्न सेवा केन्द्र कर्मचारीसँग हामी प्रत्यक्ष सम्पर्कमा हुन्छौँ । उहाँहरुबाट पनि सहजीकरण गरेका छौँ । प्राविधिक सल्लाह दिएका छौँ । प्रत्यक्ष रुपमा किसानको घरदैलोमा पुग्ने काम स्थानीय तहका प्राविधिकले गर्नुभएको छ । विशेष रोग र परिस्थितिमा नमूना संकलन गरेर ल्याउने, सल्लाह सुझाव दिने गर्दा समेत धेरै रोगहरुको निदान भइरहेको अवस्था हो ।

चालू वर्षमा अनुदान वितरणका कार्यक्रम कसरी सञ्चालन भएका छन् ?
हामीले साना व्यवसायी फार्म कार्यक्रम स्थापना तथा विस्तार कार्यक्रममा ५८ फार्म छनोट गरी सम्झौता गरेका छौँ । कतिपयले कार्य सम्पन्न प्रतिवेदन बुझाइसक्नुभएको छ भने बाँकीको पनि आउने क्रम जारी छ । फार्म यान्त्रीकरण सहयोग कार्यक्रममा पनि सम्झौता अनुसार सामग्री खरिद गरेर भुक्तानीको लागि पेश गर्नुभएको छ । कतिपय ठाउँमा अनुगमन सकिएको छ ।

कतिपयमा जाने तयारी गरिएको छ । बिमामा कृषकहरुलाई शतप्रतिशत गर्ने कार्र्यक्रम छ । ७५ प्रतिशत संघीय सरकार र २५ प्रतिशत प्रदेश सरकारले भेटेरिनरी अस्पतालबाट सो कार्यक्रमका लागि बजेट उपलव्ध गराएको छ । दूध उत्पादनमा आधारित अनुदानका लागि सूचना आह्वान गरेका थियौँ जसमा विभिन्न सहकारी संस्थाले आवेदन हाल्नुभएको थियो । मापदण्ड पूरा भएका सहकारीलाई प्रतिलिटिर रु दूई रुैपँया ५० पैसा अनुदान दिने काम जारी छ, यो अन्तिमसम्म पनि सञ्चालन हुनेछ । यसैगरी विभिन्न सञ्चालित पकेट कार्यक्रमका लागि सहयोग उपलव्ध गराउँदै आएका छौँ ।

रेविज रोग नियन्त्रणका लागि घरपालुवा तथा सडकका कुकुरहरुमा बन्ध्याकरण र रेविज खोपको कार्यक्रम सञ्चालन ग¥यौँ । बाँझोपन घरदैलो कार्यक्रम निकै प्रभावकारी भएको हामीलाई महसुश भएको छ । कृषकको घरदैलोमा निवेदन आएको आधारमा विज्ञ टोली सहित उपचार गर्ने कार्यक्रम प्रभावकारी रहेको छ । यसबाट कृषकहरु लाभान्वित हुनुभएको छ ।

अनुदान वितरण निष्पक्ष नभएको गुनासा पनि आएका छन् नी ?
पछिल्लो समय हामी सरकारी निकाय,कृषक दाजुभाई सबै जना झोले किसानहरुलाई अनुदान नदिन एकदम सजग छौँ । अनुदान दिनु अघि विभिन्न चरण पूरा गर्ने गरेका छौँ । प्रारम्भिक फिल्ड भेरिफिकेशन गछौँ । जसमा कृषकको कति गाईँ बस्तु छ भनेर अनुगमन टोली खटाउने गरेका छौँ । विभिन्न मापदण्ड राखेर बनाइएको अनुगमन प्रतिवेदनको आधारमा नम्वर दिने प्रणाली छ । मापदण्ड अनुसार नम्वर दिएपछि छनोट हुनुहन्छ । क्रमागत आधारमा बढी नम्बरको आधारमा छनोट गरेर सम्झौता गछौँ ।

त्यसपछि काम गरिसकेपछि अर्को पटक अनुगमन गरी इन्जिीनियरको कार्य सम्पन्न प्रतिवेदन , बिल, भरपाईका आधारमा मात्र भुक्तानी हुन्छ । काम नगरीकन कसैलार्ई पनि अनुदान उपलव्ध गराएका छनौँ । त्यो पाउने चान्सनै छैन । पछिल्लो केही वर्षमा कडाईका साथ काम गर्न थालेका छौँ । हामीले गलत ग¥यौँ भने संस्थाको शान रहँदैन, त्यसैले हामी एकदम सजग भएर लागि परेका छौँ ।

स्थानीय तह, वडा र हाम्रो स्थानीय तहको पशु सेवा शाखाबाट पनि सिफारिस माग्छौँ । गलत गरेको मान्छेलाई पक्कै पनि उहाँहरुबाट पनि सिफारिस आउँदैन । प्रदेशको कार्यविधि अनुुसार यसअघि अनुदान नपाएको भनेर स्वघोषणा गर्नुपर्र्दछ । जसले आवेदन गरेर अनुदान प्राप्त गर्नुभएको छैन, उहाँहरुलाई धाँदली भयो कि भन्ने लाग्न सक्छ । तर हामी निष्पक्ष भएर काम गरिरहेका छौँ ।

Comments
Loading...