कास्कीमा प्रशासनबाट निषेधाज्ञा जारी : यातायातमा जोर विजोर, अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह(सूचना सहित)

हिमाली आवाज । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमण बढेको भन्दै जिल्लामा आगामी वैशाख १५ गतेदेखी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले आज साँझ सूचना जारी गरी १५ गते विहान ६ बजेदेखी २१ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा सञ्चालनमा रोक लगाउने गरी आदेश जारी गरिएको हो ।

प्रशासनले सार्वजनिक यातायातमा जोर विजोर लागू गरेको छ । भीडभाड रोक्नका लागि जोर गते जोर नम्बरका र बिजोर गते विजोर नम्बरका गाडी सञ्चालन गर्ने निर्णय गरिएको छ ।यसैगरी प्रशासनले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आम सर्वसाधारणमा आग्रह गरेको छ ।
के केमा निषेधाज्ञा जारी गरिएको छ हेनुहोस् सूचना ।

Comments
Loading...