पोखरा विश्वविद्यालयका सवै परिक्षा अनिश्चितकालका लागि स्थगित 

हिमाली आवाज । पोखरा विश्वविद्यालयले सवै परिक्षा अनिश्चित समयलाई स्थगित गरेको छ ।

विश्वविद्यालयले सोमवार परिक्षा सञ्चालन गर्ने तयारी गरेपनी विहानै सियमसिसि को निर्णय आएको भन्दै अर्को सुचना नभए सम्म परिक्षा स्थगित गरेको सुचना निकालेको छ । परिक्षा नियन्त्रक प्रा डा टेकराज ज्ञवलीले सरकारको निर्णय पछी मात्र परिक्षा हुने बताउनुभयो ।

विश्वविद्यालयको प्रशासन खुल्ने र सवै प्राध्यापकहरुलाई अनलाईन माध्यमवाट अध्यापन गराउन र विद्यार्थीहरुलाई सोही अनुशार अध्ययन गर्न उपकुलपति प्रा डा प्रेम नारायण अर्यालले निर्देशन दिनुभएको छ ।

सेमिस्टार र ट्राइमेस्टारमा अध्यापन गरिने हुँदा अन्तिम वर्ष अध्ययन गर्ने विद्यार्थीहरुले समय परिक्षा नहुँदा ४ वर्षको पढाई ५ वर्ष लाग्न लागेको हुँदा अनलाईन मार्फत परिक्षा गर्न अनुरोध गरिएको छ ।  हाल विश्वविद्यालयमा ४० हजार भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।

Comments
Loading...