एमाले वरिष्ठ नेता खनाललाई कोरोना पुष्टि, अक्सिजनको सहायताले उपचार शुरु

काठमाडौँ । नेपाल कम्युष्टि पार्र्टी(एमाले)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँको उपचार भइरहेको छ ।

कोरोना संक्रमण भई उहाँ शनिवार साँझदेखि नर्भिक अस्पतालमा भर्ना भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेता खनाललाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ भने बाँकी स्वास्थ्य अवस्था सामान्य रहेको कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Comments
Loading...