लम्बियो कास्कीको निषेधाज्ञा,२१ गतेदेखी यातायातका साधन,बजार सबै बन्द(के के गर्न पाइदैन हेर्नुहोस्)

हिमाली आवाज । कास्कीमा जारी निषेधाज्ञालाई थप कडाई गरिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासनले वैशाख १७ गतेदेखी जारी निषेधाज्ञालाई थप कडाई गरेको हो ।

प्रशासनले वैशाख २१ गते विहानदेखी लागू हुने गरी जिल्लाभर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनहरु सञ्चालनमा रोक लगाएको छ । जारी निषेधाज्ञामा जोर विजोर लागू गरिएपनि प्रशासनले २१ गतेदेखी अत्यावश्यक सेवा बाहेकका सबै यातायातका साधन सञ्चालनमा बन्देज गरेको हो ।

यसैगरी औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ घण्टा सञ्चालन हुने र दैनिक उपभोग्य खाद्यान्न,तरकारी,फलफूलका पसलहरु विहान ५ बजेदेखी ९ बजेसम्म मात्र सञ्चालन हुन पाउनेछन् । अन्य सबै प्रकारका उद्योग पसल व्यवसाय बन्द हुनेछन् ।

हेर्नुहोस् सूचना । 

Comments
Loading...