कोरोनाबाट नेपालमा एकै दिन १३९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना संक्रमण भयाबहको रुपमा देखिन थालेको छ । पछिल्लो २४ घन्टामा मात्र कोरोना भाइरस संक्रमणबाट नेपालमा १३९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९ संक्रमितको मृत्यु भएको हो। यस दिन ९ हजार २ सय ७१ संक्रमित थपिएका हुन्। यस अवधिमा थप ४ हजार ७ जना भने कोरोनाबाट निको भएका छन्।

Comments
Loading...