माधव झलनाथ सहित ११ एमाले नेता पार्टीबाट निष्काशित

काठमाडौँ । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेताद्धय सहित ११ जना सांसदलाई निष्कासन गरेको हो ।
निष्काशित अन्य नेताहरुमा भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी बैठकले कारवाही गरेको बताइएको छ ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो । एमालेले थप नेताहरुसँग पनि स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

Comments
Loading...