बाढी पीडितलाई रेडक्रसको सहयोग

हिमाली आवाज । यही असार १७ गतेको अविरल वर्षाद सँगै पोखरा महानगरपालिका वडा नं ३२ सीता गुफा नजिकैको वस्तीस्थित रामबहादुर भुजेलको घरमा पूर्ण रुपमा भएको क्षतिका कारण समस्यामा परेका उहाँको घरमा डेरा गरी बस्ने देवी ढुङ्गाना र नरेन्द्र भुजेलको परिवारलाई नेपाल रेडक्रस सोसाइटी पोखरा–३२ उपशाखाको समन्वयमा सहयोग गरिएको छ ।

समाजिक क्षेत्रमा कृयाशिल नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ उपशाखाद्वारा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँग समन्वय गरी दुबै परिवारलाई विपद् व्यवस्थापन राहतको पूर्ण प्याकेज उपलब्ध गराइएको हो ।

उपशाखाका सभापति किशन परियारका अनुसार ढुङ्गाना तथा भुजेलको परिवार समस्यामा परेको जानकारी हुनासाथ तत्काल जिल्ला शाखासँग समन्वय गरी पूर्ण प्याकेजको राहत उपलब्ध गराइएको हो । यस क्षेत्रमा बाढीजन्य प्राकृतिक प्रकोप लगायतका अन्य समस्यामा रेडक्रसका तर्फबाट निरन्तर साथ र सहयोग उपलब्ध गराउँदै आइएको उहाँले बताउनुभयो ।

राहत वितरण कार्यक्रममा उपशाखाका सभापति किशन परियार सहित सचिव विन्दुराज तिवारी, सहसचिव कीर्तिराज खनाल, सदस्य लक्ष्मीकान्त सापकोटा लगायत स्थानीयवासीको सहभागिता थियो ।

Comments
Loading...