कास्कीमा कोरोनाबाट सात जनाको मृत्यु

हिमाली आवाज । जिल्लामा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमण फैलदै गएको छ ।सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा कायम रहेपनि मानिसको आवतजावत र भेला हुने क्रम बढ्दै जाँदा सङ्क्रमण र मृत्युदर बढेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कास्कीमा सात जनाको निधन भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दुई महिला र पाँच पुरुषको पोखराका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा सङ्क्रमणबाट निधन भएको हो । मृतकहरु पोखरा महानगरपालिकाका छ र रुपा गाउँपालिकाका एक जना रहेका छन् ।यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा कास्की सहित गण्डकी प्रदेशमा १२ जनाको निधन भएको छ ।

स्याङ्जाका दुई र बागलुङ, पर्वत र तनहुँका एक÷एक जना छन् । यस अवधिमा २५२ महिला र २४४ पुरुष गरी थप ४९६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार कास्कीमा १९८, नवलपरासीमा ५२,बाग्लुङमा ५९,तनहुँ २९, स्याङ्जा २८,पर्वत २५, गोरखा २१,मुस्ताङ र मनाङ १६÷१६ जना, म्याग्दी आठ र लमजुङमा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।

Comments
Loading...