अनेरास्ववियू (क्रान्तिकारी) को गण्डकी प्रदेश सम्मेलनको तयारी पूरा

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल क्रान्तिकारीको गण्डकी प्रदेश सम्मेलनको तयारी पूरा भएको छ ।

“ संघीय लोकतान्त्रिक गन्तन्त्र र राष्ट्रिय स्वाधिनता रक्षार्थ हाम्रो आन्दोलन ,सविंधानको कार्यन्वयन र शैक्षिक रुपान्तरणको लागि प्रथम गण्डकी प्रदेश सम्मेलन” को नारा सहित असोज ९ गते पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हुने सम्मेलनमा प्रदेशका ११ वटै जिल्लाबाट ३०० प्रतिनिधि सहभागि हुने क्रान्तिकारीका केन्द्रीय सचिव एवं प्रदेश संयोजक क्षितिज सापकोटाले जानकारी दिनुभयो ।

सम्मेलनले ११ सदस्सीय पदाधिकारी सहित १२१ सदस्सीय प्रदेश समिति निर्वाचित गर्नेछ ।

Comments
Loading...