गायत्री गुुरुङको संयोजकत्वमा अनेमसंघ (क्रान्तिकारी) गण्डकीको सम्मेलन आयोजक समिति गठन

हिमाली आवाज ।
नेकपा माओवादी केन्द्रको महिला संगठन अनेमसंघ( क्रान्तिकारी ) को गण्डकी भेला तथा प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
भेलाले गायत्री गुुरुङको संयोजकत्वमा अनेमसंघ (क्रान्तिकारी) गण्डकीको १६१ सदस्यीय प्रथम प्रदेश सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

कार्यक्रममा पार्टीका प्रदेश ईन्चार्ज हितराज पाण्डेले प्रतिगमनका बिरूद्द अनेमसंघले खेलेको भुमिका को प्रशंसा गर्नुभयो। संविधान को रक्षा र व्यवस्थाप्रति आउने वितृष्णा सोचलाई परास्त गर्न महिलाहरूको भुमिका अतुलनीय रहेको जिकिर गर्नुभयो।

अनेमसंघ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष अमृता थापा मगरले अनेमसंघले महिलाहरूको हक , अधिकार प्राप्ति तथा देशको संविधान , न्याय , कानुनको कार्यान्वयन मा अझै भुमिका खेल्नुपर्ने मा जोड दिनुभयो ।

देशभरिका ७५३ वटै स्थानीय तहमा महिला हिंसा का बिरूद्द बिज अभियान सुरूवातको गरेको जानकारी गराउदै थापाले अब देशव्यापी रूपमा संगठन विस्तारमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रम को अध्यक्षता अनेमसंघ गण्डकी संयोजक गायत्री गुरूङले गर्नुभएको थियो ।

Comments
Loading...