माओवादी केन्द्रले टुँगो लगायो तीन मन्त्री र एक राज्यमन्त्री,गण्डकीबाट पौडेल

हिमाली आवाज । हिमाली आवाज । नेकपा (माओवादी केन्द्र)ले पार्टीका तर्फबाट मन्त्री बन्नेहरुको टुँगो लगाएको छ । माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकामा अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने छ ।

माओवादीको स्थायी कमिटीको बुधबार बसेको बैठकले तीन जना मन्त्री र एक जना राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो। माओवादीको देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्री बन्नु हुने भएको छ । पौडेल पार्टीको स्थायी कमिटीका सदस्य हुनुहुन्छ । यसैगरी राज्यमन्त्रीमा बोधमाया यादवको नाम पार्टीले टुँगो लगाएको माओवादी स्रोतले जनाएको छ ।

सत्ता साझेदार दलबीच भएको सहमति अनुसार, माओवादीको भागमा छ मन्त्रालय परेका छन् । अर्थमन्त्रीमा जनार्दन शर्मा र सिँचाईमन्त्रीको जिम्मेवारी पम्फा भुसालले यसअघिनै पाइसक्नुभएको छ ।

लामो समय मन्त्रिमण्डलको पूर्णता दिन प्रधानमन्त्री असफल भएको भन्दै आलोचना भएको थियो । भोली बिहीबार मन्त्रीहरुको शपथ ग्रहणको तयारी गरिएको छ ।

Comments
Loading...