घाचोकमा सनराइज क्लबको आयोजनामा रक्तदान कार्यक्रम,२३ युनिट रगत संकलन

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा आज आह्वान गरिएको खुला रक्तदान कार्यक्रमबाट २३ युनिट रगत संकलन भएको छ ।

घाचोकमा क्रियाशील सनराइज युवा क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । गाउँ गाउँमा रक्तादनको महत्वका बारेमा जनचेतना फैलाउने उद्धेश्यले क्लबले वर्षेनी कार्यक्रम आयोजना गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले मानव शरीरबाट खेर गइरहेको रगत नियमित रक्तदानका माध्यमबाट बिरामीको ज्यान बचाउन उपयोगी हुने बताउनुभयो ।कार्यक्रमका वडाध्यक्ष सूर्य प्रसाद लम्सालले रक्तदानको महत्वका बारेमा सबैले थाहा पाउनुपर्ने बताउनुभयो ।

क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक टोलीले कार्यक्रममा प्राविधिक सहयोग उपलव्ध गराएको थियो । क्लबका अध्यक्ष रुद्र रानाभाटको सभापत्विमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान अध्यक्ष सुशिल जिसीले गर्नुभएको थियो भने संचालन कोषाध्यक्ष सरोज कार्कीले गर्नु भएको थियो ।

Comments
Loading...