माछापुच्छ्रेका आठ युवाद्धारा एकैपटक मर्दी हिमालको सफल आरोहण

–कृष्ण दवाडी

हिमाली आवाज ।  कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का आठ जना युवाले पाँच हजार ५८७ मिटर अग्लो प्रसिद्ध मर्दी हिमालको एकै साथ सफल आरोहण गरेका छन् ।

पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा परेको मर्दी हिमाल पदयात्रासँगै हिमाल आरोहणको प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा क्रियाशील उनीहरुले हिमाल चढेका हुन् ।

यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि प्रस्थान गरेको २६ सदस्सीय टोली मध्येका आठ जनाले असोज १७ गते विहान ९ः३० बजे सफलतापूर्व हिमाल आरोहण गरी फर्किएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

सरोज कुमार गुरुङ, सञ्जय थापा, नारायण गुरुङ, सुदीप तामाङ, विनोद पुन,विशाल मगर, इश्वर परियार र अमृत पुनले मर्दी हिमाल आरोहण गर्नुभएको हो ।

उहाँहरुलाई आरोहण प्रशिक्षकद्धय मनमान गुरुङ र कुमार खड्काले हिमाल चढाउनुभएको बताइन्छ । त्यसैगरी आरोहणका लागि चाहिने सामग्री लगाएको सबै खर्च अग्रज व्यवसायी गुरुङले व्यवस्थापन गर्नुभएको थियो । आरोहणको नेतृत्व गरेर ७५ वर्षीय गुरुङ आँफै हाइ क्याम्पसम्म पुग्नुभएको बताइन्छ ।

ग्रेट माछापुच्छ«े ट्रेल(जिएमटी)का उपाध्यक्ष समेत रहनुभएका आरोही सरोज गुरुङले पदयात्रा पर्यटकको रोजाईंमा परेको माछापुच्छ«े ट्रेल आउने पर्यटकलाई हिमाल आरोहणसँग जोड्नका लागि आफूहरुले प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत हिमाल आरोहण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“मर्दी पदयात्रा लागि हामीले एक वर्षदेखी ग्रेट माछापुच्छ«े ट्रेलको प्रवद्र्धन गरिरहेका छौँ । यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई हिमाल आरोहणमा आकर्षित गर्ने उद्धेश्यले हामी आँफैले हिमाल चढेर शुरुआत गरेका छौँ ।”

ग्रेट माछापुच्छ«े ट्रेल माछापुच्छ«ेको टुसेबाट शुरु हुन्छ । मर्दी आरोहणका लागि सबैभन्दा सजिलो बाटो ग्रेट माछापुच्छ«े ट्रेल रहेको गुरुङले बताउनुभयो । केही साहशिक पर्यटकले यसअघिनै मर्दीको सफल आरोहण गर्दै आएका छन् ।

मर्दी पदयात्रा हात्र होइन, साहशिक पर्यटकलाई हिमाल आरोहण गराएर पर्यटकको बसाई लम्व्याउनु आवश्यक रहेकोकामा जिएमटीले जोड दिएको छ । पर्यटकको सहजताका लागि हिले र खुमईमा तीन÷तीन वटा होटल बनेका छन् । क्रोचोङमा भने विवादका कारण बन्न नसकेको बताइन्छ ।

हिमाल आरोहण गरेर आएको टोलीलाई हिजो साँझ गाउँमा बाजागाजा सहित भव्य स्वागत गरिएको थियो । युवा क्लब, आमा समूह, नौमति बाजा समूह,माछापुच्छ«े अर्गानिक होमस्टे तथा स्थानीयवासीले फूलमालाले आरोहीलाई सम्मान गरेका थिए ।

Comments
Loading...