पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान संचालनको पहल :अर्थमन्त्री बराल

हिमाली आवाज । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा निर्माण हुदै गरेको क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल संचालनको प्रारम्भबाट अन्तराष्ट्रिय हवार्ई उडान सुरु गर्न बिषेश पहल गर्ने बताउनु भएको छ ।

पोखरा पर्यटन परिषदले आइतबार पोखरामा आयोजना गरेको नेपालीहरुको महान पर्व बिजयादशमी, शुभ—दिपावली, नेपाल सम्वत, छट लगायतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बराल उक्त कुरा बताउनु भएको हो ।

नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले पोखरा विमानस्थल विगत ४० बर्ष देखि कोमामा रहेको अबस्थामा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा निर्माण कार्य सुरु भएको दाबी गर्नु भएको छ ।

पोखरा विमानस्थल आयोजनाले अग्रेंजी नयाँबर्ष देखि आन्तरिक हवाई उडानबाट पोखराको नयाँ विमानस्थलबाट हवाई उडार्ने गर्ने बताएका वेला पोखराका पर्यटन व्यवसायीहरुले नयाँ विमानस्थलबाट अन्तराष्ट्रिय हवाई उडान गरेर मात्र संचालन गर्नुपर्ने माग गरेका छन्।

पोखरेलीहरुको ४ दशक देखिको सपना पोखरामा अन्तराष्ट्रिय विमानस्थल र विमानस्थल निर्माण भएसंगै अन्तराष्ट्रिय हवाई उडानबाटै प्रारम्भ गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । पोखरा विमानस्थल सांचालन भएसंगै यहाँको सडक संचालनको लागि फाष्टट्याकबाट कसरी पर्यटकहरुलाई गन्तव्यमा पुराउन सकिन्छ त्यस तर्फ आफ्नो ध्यान केन्द्रित हुने मन्त्री बरालको भनाई थियो ।

रत्न मन्दिर र हिमागृहलाई पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा खुल्ला गर्न समेत बिषेश पहल गर्ने मन्त्री बरालले बाउनु भयो ।
कोभिड १९ले प्रभावित भएको पर्यटन क्षेत्रको प्रबद्र्धनको लागि प्रदेश सरकारले निजी क्षेत्रसंगको सहकार्यमा विभिन्न कार्यक्रम सहित बैंकहरुले शुल्क बृद्धि गरेको बिषयमा समेत छलफल गर्ने मन्त्री बरालको भनाई थियो । प्रदेश सरकारले आफ्नो आन्तरिक श्रोत बृद्धि गर्नको लागि पनि करको दर भन्दा करको दायरा नै बढाउने प्रदेश सरकारको योजना रहेको मन्त्री बरालले बताउनु भयो ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले कोरोनाबाट प्रभावित भएको पर्यटन क्षेत्रमा बिषेश प्याकेज ल्याउनुपर्ने माग गर्नुभयो ।
पोखरा ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले पर्यटन क्षेत्रलाई अब गतिशिल बनाउनु पर्ने बताउदै महानगरले करको बिषयमा छुट्टै ऐन,कानून ल्याउन नसक्दा व्यवसायीको टोकाई खानुपरेको गुनासो गर्नु भयो ।

पोखरा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष गोकर्ण कार्कीले पोखरामा बसपार्क अस्तव्यबस्त भएकोमा चिन्त्ता व्यक्त गर्दै निजी क्षेत्रलाई बसपार्क बनाउने जिम्मा दिए आफुहरुले बनाउन तयार रहेको दाबी गर्नु भयो ।

परिषदका अध्यक्ष गोपी बहादुर भटराईले कोरोनाबाट प्रभावितका व्यवसायीहरुलाई पुनः उत्थान गर्न राहत प्याकेजको साथमा मजदुरहरुलाई समेट्ने कार्यक्रमः, बैंक तथा विक्तिय संस्थाहरुलाई नियमन गर्न माग गर्नु भएको छ । कार्यक्रममा पर्यटनसंग सम्बद्ध विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो ।

Comments
Loading...