अलैँची उत्पादक कृषक संघ कास्कीमा नयाँ नेतृत्व

हिमाली आवाज । जिल्ला अलैची उत्पादक कृषक संघ कास्कीको तेस्रो साधारणसभाले सुरेन्द्रजंग क्षेत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा विशाल गुरुङ, महासचिव रामचन्द्र पौडेल, सचिव सुरेश सापकोटा र कोषाध्यक्ष लालशोभा गुरुङ निर्विरोध निर्वाचित हुनुभयो ।

यसैगरी सदस्यहरुमा नेत्र प्रसाद अधिकारी, नरेश राज लामिछाने,क्याप्टेन, मन्त्रीजुङ्ग गुरुङ , रुपेश गुरुङ, माया गुरुङ र बिनु बस्नेत रहनुभएको छ । सल्लाहकारहरुमा जित बहादुर बस्नेत, जस बहादुर गुरुङ, वासुदेव तिवारी, इन्द्र गौचन, जीवनाथ लामिछाने र कुन्ती कुमारी गुरुङ चयन हुनुभयो ।

कार्यक्रमको सन्चालन महासचिव सुरेन्द्र जुङ्ग क्षेत्रीले गर्नुभएको थियो भने कोषाध्यक्ष कुन्ती गुरुङले आय व्यय प्रस्तुत गरेकी गर्नुभयो । उपाध्यक्ष जसबहादुर गुरुङले प्रगती प्रतिवेदन सभामा पेश गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे मर्दी खोला अलैची ब्लगका अध्यक्ष दिपक पौडेल र सदस्य नरेश राज लामिछानेले पूर्ववत् कार्यसमिति लाई धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई कार्यसम्पादनको शुभकामना दिनुभयो । संघले अझै बृहत रुपमा कृषकहरुलाई संगठित गर्दै कास्कीलाई अलैची विकासको केन्द्र बनाउन जोड दिनुभएको थियो ।

कार्यक्रमका सभापति जितबहादुर बस्नेतले नेपाल अलैंची उत्पादक सङ्घ अध्यक्ष राजकुमार कार्कीको शुभकामना पढेर सुनाउनुभएको थियो । कार्यक्रममा प्रदेश अलैची उत्पादक सङ्घ गण्डकीका कोषाध्यक्ष बिशाल गुरुङ सहित कास्की जिल्ला भरिका ७० जना कृषकको सहभागिता रहेको थियो।

Comments
Loading...