एमाले माछापुच्छ्रे वडा नं ८ को अध्यक्षमा कृष्ण दवाडी निर्वाचित

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माछापुच्छ«े गाउँपालिका वडा नं ८ को वडाध्यक्षमा कृष्णप्रसाद दवाडी निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न पहिलो वडा अधिवेशनले दवाडीको अध्यक्षतामा ३१ सदस्सीय वडा कमिटी सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित वडाध्यक्ष दवाडी विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यसैगरी वडा कमिटीको उपाध्यक्षमा नविन रानामगर,सचिव पशुपति दाहाल र सहसचिव मनिलाल अधिकारी रहनुभएको छ । अर्का एक सहसचिवको पछि मनोनित गरिने वडाध्यक्ष दवाडीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

अधिवेशनको नेकपा एमाले कास्की जिल्ला कमिटीका सचिवालय सदस्य जगन्नाथ बास्तोलाले उद्घाटन गर्नुभएको थियो । निर्वाचन मण्डलको अध्यक्ष महेश्वर दवाडी रहनुभएको थियो ।

 

Comments
Loading...