आयल निगमले बढायो पेट्रोलियम पदार्थको मुल्य

हिमाली आवाज । नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।

बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको भाउ रु ३ नै बढाएको थियो । यसैगरी खाना पकाउने एलपी ग्यासको पनि ७५ रुपैयाँ मुल्य वृद्धि भएर एक हजार ५७५ पुगेको छ ।

Comments
Loading...