सुजुकीको पर्वोत्सव अफरमा ग्राहकको आकर्षण

हिमाली आवाज । सुजुकी गाडीको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता बतास व्रदर्शले दशैँ तिहार लगायतका चाडपर्वलाई लक्ष्य गरी ल्याएको पर्वोत्सव अफरले बजार प्रवद्र्धनमा मद्धत गरेको छ ।

कम्पनीका अनुसार  चाडपर्व लक्षित उपहार योजना लगायतका कारणले गाडी खरीद गर्ने ग्राहकको संख्या बढेको बताइन्छ । दशैँअफरमा बतासले सुजुकी गाडी खरिदमा रु दुई लाख सम्म नगद छुट, रु एक लाख ५० हजार एक्सचेञ्ज बोनस र रु ७५ हजार स्क्राच कार्ड छुट अफर ल्याएको थियो । सुजुकीका बिक्री प्रवन्धक नवराज अधिकारीले अफरका समयमा २०० को संख्यामा सुजकीका विभिन्न मोडलका गाडी बिक्री गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“कोभिडले प्रभावित बनाएको अटो व्यवसायलाई चाडपर्व लक्षित उपहार योजनाले ठूलो मद्धत पुग्यो । ब्राण्ड प्रवद्र्धन र बिक्री बढाउन अफर फलदायी रह्यो ।”

अफर यही कात्तिक मसान्तसम्मका लागि मात्र रहेकाले गण्डकी धौलागिरी क्षेत्रका ग्राहक महानुभावहरुलाई अफरमा सहभागि हनु अधिकारीले आग्रह गर्नुभएको छ । सुजुकीले विभिन्न अवसर पारेर अफर ल्याउने गरेको छ ।

Comments
Loading...