माओवादी वडा अधिवेशन विशेष :माछापुच्छ्रे–३ घाचोकको अध्यक्षमा दवाडी

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) माछापुच्छ«े–३ घाचोकको अध्यक्षमा नारायण दवाडी निर्विरोध निर्वाचित हुनुभएको छ ।आज घाचोकमा सम्पन्न प्रथम वडा अधिवेशनले दवाडीको अध्यक्षतामा २९ सदस्सीय वडा कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा मनकुमारी नेपाली, सचिव पदम नेपाल, सहसचिव विष्णु पोखरेल र कोषाध्यक्षमा विष्णुमाया नेपाली रहनुभएको छ ।
सदस्यहरुमा महेन्द्रबाबु हमाल, राजकुमार नेपाली, दुर्गाबहादुर मिजार, उर्मिला पौडेल(केसी), आकास नेपाली, नारायण लम्साल, पुष्पराज पोखरेल, तिलकुमारी नेपाली र तुलविर विक रहनुभएको छ । बाँकी सदस्य पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष दवाडीले जानकारी दिनुभयो ।

अधिवेशनले शिव पोखरेल, गोपाल पोखरेल, कृष्ण दवाडी, सीता पोखरेल, भरत पोखरेल, हिमप्रसाद अधिकारी, केशवराज केसी, मैना लम्साल, चित्रनाथ लम्साल, बेदनिधि दवाडी, नारायण दवाडी, पदम नेपाली, मनकुमारी नेपाली, महेन्द्रबाबु हमाल, दुर्गा मिजार, विष्णुमाया नेपाली र गोमा अधिकारीलाई पालिका प्रतिनिधिमा निर्वाचित गरेको छ ।

व्वडा कमिटीका अध्यक्ष गोपाल पोखरेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका कमिटीका सचिव शिव पोखरेल, क्रान्तिकारी माओवादीका माधव पोखरेल, गाउँपालिका कमिटीका सल्लाहाकारद्धय बेदनिधि दवाडी, चित्रनाथ लम्साल, वडा कमिटीका उपाध्यक्ष नारायण दवाडी र सचिव पदम नेपालले घाचोकमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Comments
Loading...