माओवादी माछापुच्छ्रे वडा नं ८ को अध्यक्षमा गणेश आचार्य

हिमाली आवाज । नेकपा माओवादी केन्द्र माछापुच्छ«े गाउँपालिका वडा नं ८ को अध्यक्षमा गणेश आचार्य निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न पहिलो वडा अधिवेशनले आचार्यको अध्यक्षतामा १९ सदस्सीय वडा कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा मनबहादुर क्षेत्री, सचिव हरिप्रसाद पौडेल, सहसचिव दिलप्रसाद अधिकारी र कोषाध्यक्षमा पार्वती लामिछाने सर्वसम्मत चयन हुनुभयो ।

यसैगरी सदस्यहरुहरुमा सुदीप गौतम, मनिषा अधिकारी, खिमलाल लामिछाने,मदन आचार्य,खुशीमान नेपाली, दीपक पौडेल, नविन पौडेल, कर्णबहादुर क्षेत्री, भूमिका गुरुङ, लक्ष्मी भुसाल लामिछाने,वासुदेव आचार्य, अनिल गुरुङ, विष्णुप्रसाद भण्डारी र देवी अधिकारी रहनुभएको छ ।

वडा अधिवेशनले गाउँपालिका प्रतिनिधिमा १८ जनालाई निर्वाचित गरेको छ । गाउँपालिका कमिटीका सदस्य शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतमा सम्पन्न अधिवेशनको अध्यक्षतामा जीवनाथ लामिछानेले गर्नुभएको थियो भने सञ्चालन रामचन्द्र पौडेलले गर्नुभयो ।

Comments
Loading...