पोखरामा टिभिएस एक्सचेञ्ज : पाँच दिनमा २८७ युनिट बिक्री, एक दिन थपियो

हिमाली आवाज । पोखरामा मंसिर १९ देखी २३ गतेसम्मका लागि तय गरिएको टिभिएस मोटरसाइकल तथा स्कुटरहरुको ग्राण्ड एक्सचेञ्ज कार्यक्रम एक दिन थपिएको छ ।

टिभिएसको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिले पोखरा सभागृहमा एक्सचेञ्ज कार्यक्रम राखेकामा ग्राहकको आकर्षण बढेकाले मंसिर २४ गतेसम्म एक्सचेञ्ज थप गरिएको बतास ब्रर्दशका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक्सचेञ्ज सुरु भएको पाँच दिनका अवधिमा २८७ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको छ । एक्सचेञ्जमा बजारमुल्य भन्दा थप रु १० हजार नगदको व्यवस्थाले समेत ग्राहकहरु टिभिएस ब्राण्डप्रति आकर्षित भएको रानाभाटले बताउनुभयो ।

एक्सचेञ्जमा रु आठ हजार नगद छुट समेत प्रदान गरिएको थियो । यसैगरी शुन्य ब्याजदरमा फाइनान्स सुविधा, निःशुल्क एसोसरिज तथा मासिक ५ हजार ९९९ किस्ता को अफर रहेको टिभिएसका बिक्री प्रवन्धक सन्तोष पोखरेलले बताउनुभयो ।

पोखरेलले भन्नुभयो,“गण्डकी प्रदेशमा टिभिएसका जुनसुकै मोडल ग्राहकको रोजाईमा छन् । यस क्षेत्रमा अग्रणी स्थानमा रहेको टिभिएसले ग्राण्ड एक्सचेञ्ज मेलामार्फत बजार विस्तारमा सघाउ पुगेको छ ।”

Comments
Loading...