म्माछापुच्छ्रे गाउँपालिकाद्धारा महिलालाई निःशुल्क ड्राइभिङ तालिम

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले उपाध्यक्षसँग महिला बालबालिका कार्यक्रम अन्तर्गत महिलाहरुका लागि निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ ।

महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका १५ जना महिलालाई निःशुल्क चार पाँग्रे सवारी चालक (ड्राईभिङ) तालिम दिन लागिएको गाउँपालिका उपाध्यक्ष कृष्ण कुमारी दवाडीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सार्वजनिक सूचना जारी गरी सहभागी छनोट गरिएको हो । तालिममा छनोट गर्दा विपन्न, असहाय, दलित, एकल महिलालाई विशेष प्राथमिता दिइएको उहाँले बताउनुभयो ।

गाउँपालिकामा आज ओरियन्टेशन कार्यक्रम सम्पन्न भएको । पुस ११ गतेदेखी तालिम हुने गाउँपालिकाले जनाएको छ । “सीप तालिम दिएर महिलालाई सक्षम बनाउने उद्धेश्यले तालिम दिएका हौँ ।” उपाध्यक्ष दवाडीले भन्नुभयो ।

गाउँपालिकाले महिलाका लागि यसअघि निःशुल्क लोकसेवा तयारी कक्षा लगायतका कार्यक्रम ल्याएको थियो ।

Comments
Loading...