माओवादी महाधिवेशनःसमूहगत छलफलको निश्कर्षपछि नयाँ नेतृत्व चयन हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा आज पनि समूहगत छलफलको निश्कर्ष प्रस्तुत हुनेछ । महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहका नेताले समूहगत प्रस्तुतीपछि नयाँ नेतृत्व चयन हुनेछ ।

२५ वटा समूह बनाएर गरिएको प्रतिवेदनमाथिको छलफलमा ११ वटा समूहले बुधबार सुझावसहितको निष्कर्ष सुनाएका थिए ।२५ मध्ये बाँकी १३ समूहका तर्फबाट समुह नेताले आज बिहीबार आफ्नो समुहको निश्कर्ष सुनाउनेछन् । २५ वटै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची छ ।

महाधिवेशनमा बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

सबै समूहको प्रस्तुतीपछि माओवादी महाधिवेशन नयाँ नेतृत्व चयनमा केन्द्रीत हुने जनाइएको छ । पुस १५ गतेसम्म तय गरिएको महाधिवेशन दुई दिन लम्बिएको छ ।

Comments
Loading...