देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाठौँ । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय आज गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

हिजो सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

Comments
Loading...