एमाले कास्कीको जिल्ला सदस्यमा माछापुच्छ्रे भुगोलबाट पाँच जना निर्वाचित

हिमाली आवाज । नेकपा एमाले कास्कीको १० औँ जिल्ला अधिवेशनमा माछापुच्छ्रे गाउँपालिका भुगोलबाट जिल्ला सदस्यमा पाँच जना निर्वाचित हुनुभएको छ ।

निर्वाचित हुनेहरुमा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले सर्वाधिक ४०८ मत प्राप्त गर्नुभयो । यसैगरी यदुनाथ अधिकारीले ३९०, महेश्वर दवाडी ३३७, विष्णु केसी २९४ र रोमहर्षण पौडेलले २९२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

माछापुच्छ«ेबाट एक महिला सहित पाँच जनाको प्रतिनिधित्व रहनेमा १८ जनाको उम्मेदवारी परेको थियो ।

Comments
Loading...