राष्ट्रिय फुटबल खेलाडी अञ्जन विष्ट पोखरामा सम्मानित

हिमाली आवाज । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्ट आज पोखरामा सम्मानित हुनुभएको छ । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विष्टलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान–२०७८’ बाट सम्मानित गरिएको हो ।

सहारा क्लब पोखराले आहा रारा गोल्डकप फुटबलको २० औँ संस्करण उद्घाटन समारोहमा फुटबल खेलका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन सफल भएकामा विष्टलाई सम्मान गरेको हो ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा,क्लबका अध्यक्ष हरिराम गुरुङ लगायतले उहाँलाई नगद रु ३५ हजार, प्रमाणपत्र र दोसल्लाबाट सम्मान गर्नुभएको हो ।

Comments
Loading...