पाँच हजार भन्दा बढी कोरोना संक्रमित थपिए,८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा आठ हजार १९१ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार यसबेला देशभर ७९२७२ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा तीन लाख ६६ हजार ६०३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

Comments
Loading...