कोरोना संक्रमण रोक्न देशभरका विद्यालय माघ १५ गतेसम्म बन्दको सिफारिस

हिमाली आवाज । कोरोना संक्रमण बढ्दै गएपछि देशभरका विद्यालय आगामी माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गरिएको छ ।
कोभिड १९ व्यवस्थापन समितिको बैठकले कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेकोको भिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रका प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना संक्रमण पछिल्लो दिनमा बढ्दै गएको निष्कर्षका साथ सो निर्णय गरिएको हो ।सिसिएमसीले विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेसँगै शिक्षा मन्त्रालयले यसबारेमा आवश्यक निर्णय गर्ने बताइन्छ । 

Comments
Loading...