पोखराअन्तर्राष्ट्रिय विमानस्थलमा पाँच जहाज राखेर बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने

काठमाडौँ । निजी हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्तराष्ट्रिय उडान गर्ने भएको छ।बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच वटा जहाज राखी अन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेको जनाएको छ ।

विमानस्थल निर्माण भइरहेको बेला रनवेलाई पूर्वतिरबाट जोड्न बुद्ध एयरको आग्रह समेत गरेको छ। एयरलाइन्सले एकातर्फबाट मात्र उडान र जहाजको ‘ट्याक्सीवे’ एउटै हुँदा एयर ट्राफिक स्वभाविक बढ्ने समेत बताएको छ।

एयरलाइन्सले आफ्नो योजना अनुसार पोखराबाट भारतको विभिन्न गन्तव्यरूमध्ये सुरुवातमा नयाँदिल्ली, देहरादुनमा सिधा अन्तर्राष्ट्रिय उडान भर्ने जनाएको छ।

त्यसैगरी पोखराबाट धौलागिरीदेखि सगरमाथासम्मको हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य शहरहरुसँग आवश्यकता अनुसारको दैनिक सिधा उडानहरू भर्ने बुद्धको योजना रहेको जनाएको छ।

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरू हुने निश्चितप्रायः देखिएको एयरलाइन्सको दाबी छ।

Comments
Loading...