पोखरामा अहिलेसम्मकै बाक्लो असिना

हिमाली आवाज । पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो ।बाक्लो असिनाका कारण पोखराका अधिकाँस सडकहरु सेताम्मे हुँदा यातायात सञ्चालन अवरुद्ध बनेको थियो ।

पोखराको मुख्यबजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, नयाँबजार, सिर्जनाचोक, रानीपौवा लगायतका क्षेत्रका सडकमा बाक्लो असिनाका कारण यातायात सञ्चालनमा कठिनाई भएपछि एक्साभेटरको सहायताले असिना हटाएर यातायात सहज बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा असिना जमेर गाडी गुड्न अप्ठ्यारो भएपछि प्रहरीले असिना हटाउन सुरु गरेको हो । असिना पानीले सडक अवरुद्ध हुँदा चालक र पैदलयात्रु सडकमै रोकिन बाध्य भएका थिए ।

असिनाका कारण हिउँदे बाली तथा काउली, बन्दा लगायतका तरकारी र कौसी खेतीमा क्षति पु¥याएको महानगर कृषि विकास महाशाखाले जनाएको छ । महानगरका वडा नं १८, २०, १६, २५, २२, १४ लगायत कृषि उत्पादन बढी हुने क्षेत्रका कृषक असिनाबाट पीडित बनेका छन् ।

महाशाखा प्रमुख मनहर कडरियाले भन्नुभयो,“विगतमा वर्षहरुमा फागुन अन्तिम र चैतमा असिना पर्ने गरेपनि यस वर्ष अनुमानभन्दा पहिल्यै परेपछि तरकारी बालीमा बढी क्षति गरेको छ । कृषकहरुले क्षतिका प्रारम्भिक रिपोर्टहरु दिनुभएको छ । बजार क्षेत्र यति बाक्लो असिना परेको मेरो जानकारीमा रहेसम्म अहिलनै हो । ”

Comments
Loading...