हिमाली आवाज । पुन समाज नेपाल केन्द्रीय समितिले बिश्वको सर्वोच्च शिखर सगरमाथा आरोही नायिका दिया पुनलाई एक कार्यक्रमका बीच सम्मान पोखरामा बिहीबार सम्मान सहित बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
कार्यक्रममा दिया पुन ले“बिश्व मा कोभिड महामारी ले आक्रान्त भएको देख्दा युकेमा आफू कार्यरत अस्पतालमा समेत च्तारिती शो समेत गरेको बताउनुभयो । समाज सेवा गर्न पाउदा औधी खुशी लाग्ने गरेको बताउदै पोखरामा अवस्थित एक बाल गृह लाई पठन पाठन र आवासको निम्ति समेत च्यारिती सि गरेको जानकारी दिनुभयो ।
खासगरी महिलाको सङ्लग्नता कम र बिश्व कीर्तिमानी निर्मल पुर्जाको प्रेरणामा नै हिमाल आरोहण गर्ने लालसा पलायको बताउँदै पुनले यसअघि अर्जेन्टिनाको अकम्बा हिमाल र नेपालकै मनास्लु हिमाल आरोहण गर्नुएको थियो ।
यही महिना अप्रिल को ४ गते पुन सगरमाथा आरोहण लाई त्यस तर्फ लाग्ने प्रस्थान गर्नुहुने छ । सोको अनुमानित ३५ लाख खर्च लाग्ने र परिवारले लगानी गर्ने छन् ।सो कार्यक्रममा पुन समाज नेपाल का वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पूर्ण गर्बुजा पुनले पुन समाजको झण्डा सगरमाथामा फहराउन हस्तान्तरण गर्नुभयो ।

नेपाली चलचित्रमा समेत जम्दै गर्नुभएका नायिका दियाले बीर बिक्रम ,मिस्टर झोले ,ह्याप्पी डेज र दयारानी जस्ता ठूला पर्दाका चलचित्रमा समेत नायिकाको भूमिका निर्बाह गरिसक्नुभएको छ । पुनद्वारा अभिनित पछिल्लो चलचित्र मन्त्रको छायांकन पूरा भै आगामी बैशाखतिर प्रदर्शन हुने तर्खरमा छ।
कार्यक्रममा समाज का शिक्षा बिभाग प्रमुख नन्द गर्बुजा ,भाषा सङ्स्कृति बिभाग प्रमुख याम पुन ले समेत बोल्नु भएको थियो। त्यस्तै पुन समाज पोखराकी अध्यक्ष राजकुमारी पुन र गुरुङ चलचित्र का महानायक तारा बहादुर गुरुङले शुभकामना व्यक्त गर्नुभयो ।
पुन समाज युके , ढुंगेपातन पुन समाज ,बैदाम पुन समाज र सिम्पानी समाज लगायतले पनि खादा र पुष्प माला अर्पन गरेर सफल आरोहणको कामना गरेका थिए ।
पुन समाज नेपालका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गर्बुजा पुनको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन महासचिव खिमन सेर्पुजा पुन र स्वागत कास्की अध्यक्ष क्या .बल बहादुर तिलिजा पुनले गर्नुभयो।