हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन कार्यक्रम पोखरामा शुक्रबार सम्पन्न भएको छ । यही चैत ५ गते भएको मञ्चको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट निर्वाचित भएको पदाधिकारीको पदस्थापन गरिएको हो ।
कार्यक्रमका प्रमुखअतिथि गण्डकी प्रदेशकाकानून संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दु कुमार थापाले मञ्चको नवनिर्वाचित टोलीलाई पदस्थापन गराउदै खेलकुदलाई पर्यटनसंग जोडेर अघि बढाउन सके आर्थिक समृद्धि हासिलगर्न सकिने बताउनुभयो ।
गण्डकी प्रदेशले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडी बढाउन सकेको खण्डमा आर्थिक हिसावले धेरै क्रियाकलाप गर्न सकिने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रदेशका यूवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले ओझेलमा परेका खेलहरुलाई खेल पत्रकारहरुले अघि ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज गुरुङले परिषदसंगको सहकार्यमा गण्डकी प्रदेशमा खेलकुद क्षेत्रको विकासका लागि सहकार्य गरेर अगाडि बढ्ने जनाउनुभयो ।

मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञावलीले खेलकुद विटमा कलम चलाउने सबै पत्रकारहरुलाई समेटेर अगाडि बढ्न आग्रह गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले यस क्षेत्रमा खेलकुद पूर्वाधार निर्माणमा पत्रकारको थप चासो राख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव तथा निर्वाचन समितिका सदस्य गोविन्द प्रसाद सुबेदी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष केशव पाठक, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रिय अध्यक्ष योगेन्द्र शेरचन, सहारा क्लव पोखराका बरिष्ठ उपाध्यक्ष केशवराज बराल लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
तेश्रो साधरण सभातथा दोश्रो साधरणसभाबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन कमिटीका संयोजक नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य एवम् अधिवक्ता सरिता तिमिल्सिना पंगेनीले पदस्थापन गराउनुभयो ।
अधिवेशनबाट दिननाथ बरालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशीकुमार पौडेल, कोषाध्यक्षमा कविता घर्तिमगर, सदस्यहरुमा दिपक मुल्मी, नारायण शाही, उमेश पुन, राजु गिरी र एमबी आस्था मगर (मानबहादुर) निर्वाचित हुनुभएको हो ।
अध्यक्ष बरालले पोखरा स्पोट्र्स अवार्ड यसै बर्ष गर्ने, पत्रकारको लागि अक्षयकोष स्थापना गर्ने, तालिम आयोजना गर्ने, छिट्टै नयाँ सदस्यता खुलाउने र सवैको सहकार्य र समन्वयमा अघि बढ्ने प्रतिवद्धता जनाउनुभाये ।
बरालको अध्यक्षतामा बसेको पहिलो बैठकले निर्वाचन कमिटि सहितको निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने प्रतिधन्यवाद ज्ञापन गर्दै निर्वमान अध्यक्ष एकराज गिरी र बरालका निकटतम प्रतिस्पर्धी रञ्जन अधिकारीलाई सल्लाहाकारमा चयन गर्ने निर्णय गरेको छ ।