महानगर र उपमहानगरमा जुट्यो गठबन्धनको सहमति : कुन पदमा कुन दलको नेतृत्व ?

हिमाली आवाज । सत्तारुढ गठबन्धनमा महानगर र उपमहानगरको नेतृत्व लिने विषयमा सहमति भएको छ ।  साझेदार पाँच दलबीच स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपहानगरपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको हो ।

सहमति पश्चात अब गठबन्धनमा देखिएको असहमति हल भएको तथा निर्वाचनमा एकढिक्का भएर जाने वातावरण तय भएको छ ।  गठबन्धनको हिजोदेखी आजसम्म भएको लगातारका बैठक र छलफलले गठबन्धनको एकता थप सुदृढ भएको छ भने यसले नेपाली राजनीतिमा सकारात्मक तरंग पनि पैदा गरेको छ ।

विशेष गरेर प्रतिगमनको विरुद्ध र संविधान रक्षको लागि माओवादी अध्यष प्रचण्डको पहलमा भएको गठबन्धनले सार्थकता हाँसिल गरेको छ जसको परिणाम स्थानिय निर्वाचन र आगामी प्रादेशीक र संघिय निर्वाचनमा स्पष्ट रुप्मा देखिने विश्लेषकहरुले बताएका छन् । जसको प्रभावले परिवर्तनविरोधी र प्रतिगामी शक्ति र एमाले लगाउतका दलहरु पत्तासाफ हुने देखिन्छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा सहमति बनेपछि पाँच दलका शिर्ष नेताले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

पाँच दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको सहमति पत्रमा महानगर र उपमहानगरको प्रमुख र सहायक नेतृत्व कसले गर्ने भन्ने विषय उल्लेख छ ।

सहमतिअनुसार नेकपा ९माओवादी केन्द्र०ले भरतपुर महानगरपालिकाको प्रमूख पदमा उम्मेदवारी दिने र जितपुर सिमरा तथा घोराही उपमहानगरपालिमा  प्रमुख पदमा उम्मेदवारी दिने भएको छ । साथै, ललितपुर महानगरपालिका र धरान तथा धनगढी उपमहानगरपालिकामा उपप्रमुख पदमा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ ।

काँग्रेसले काठमाडौं, ललितपुर, विरागनगर महागरपालिका र धरान, इटहरी, कलैया, बुटवल, तलसिपुर, नेपालगञ्ज तथा धनगढी उपमहागरपालिकाहरुमा प्रमुख पदमा उम्मेदवारी दिने भएको छ । त्यस्तै, वीरगञ्ज, भरतपुर, पोखरा महानगरपालिका र जितपुर सिमरा, घोराही तथा हेटौँडा उपमहानगरपालिहरुमा उपप्रमुख पदमा काँग्रेसले उम्मेदवारी दिने भएको छ ।

पाँच दलबीच भएको सहमति अनुसार पोखरा महागरपालिका र हेटौंडा उपमहागरपालिकामा नेकपा ९एकीकृत समाजवादी० पार्टीले प्रमुख पदमा उम्मेदवारी दिने सहमति भएको छ । साथै, काठमाडौं महागरपालिका र इटहरी, बुटवल तथा तुलसीपुर उपमहागरपालिकामा उपप्रमुख पदमा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएको छ ।

सहमतिअनुसार वीरगञ्ज र विराटनगर महानगरपालिमाका जनता समाजवादी पार्टी ९जसपा०ले प्रमुख पदमा उम्मेदवारी दिने भएको छ । साथै, जनकपुर, कलैया र नेपालगञ्ज उपमहानगरपालिकामा उपप्रमुख पदमा जसपाले उम्मेदवारी दिने सहमति पाँच दलबीच भएको छ ।

Comments
Loading...