पोखरा महानगरको मेयरमा ११ र उपप्रमुखमा चारको उम्मेदवारी(नामावली सहित)

हिमाली आवाज । पोखरा महानगरपालिकामा आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि प्रमुखमा ११ र उपप्रमुखमा चार जनाको मनोनयन दर्ता भएको छ ।

उम्मेदवारी दर्ताको आज पहिलो दिन साना र स्वतन्त्र उम्मेदवारहरुले शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन् । ठूला राजनीतिक दलहरुले भने भोली मनोनयन दर्ता गराउने भएका छन् ।

प्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गोविन्द गुरुङ, मौलिक जरो किलो पार्टीबाट सञ्जय तिमिल्सिना, सचेत नेपाली पार्टीका भोजराज खनाल, मङ्गोल नेशनल अर्जनाइजेशनका प्रेमबहादुर गुरुङ र नेपाल जनता दलका मुक्तिनाथ सुवेदीले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सूचना अधिकारी नील पनेरुले जानकारी दिनुभयो ।

यसैगरी स्वतन्त्र उम्मेदवारहरु खडकराज(गणेश) पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किशानसिँह गुरुङले मनोनयन गराउनुभएको छ ।

यसैगरी उपप्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट चिना दवाडी, सचेत नेपाली पार्टीका सोनी परियार,मङ्गोल नेशनल अर्गनाइजेशनका रामबहादुर तामाङ र स्वतन्त्र सोममायाँ विकले मनोनयनपत्र दर्ता गराउनुभएको सूचना अधिकारी पनेरुले बताउनुभयो ।

उहाँका अनुसार पोखरामा पहिले दिन ४७ जनाको उम्मेदवारी परेको छ ।जिल्लाका प्रमुख राजनीतिक दलहरुले भने उम्मेदवार टुङ्गो लगाउन नसक्दा पहिलो दिन उम्मेदवारी दर्ता गराएनन् ।

Comments
Loading...