पोखरा वडा नं ३२ मा जनयुद्धका शहीदप्रति श्रद्धाञ्जली र घरदैलो

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)) पोखरा–३२ ले सुरु गरेको निर्वाचन लक्षित घरदैलो कार्यक्रममा जनसहभागिता बढिरहेको छ । स्थानीय तह निर्वाचनमा एकल उम्मेदवारी दिएको माओवादीले केही दिनदेखी सो वडामा निरन्तर घरदैलो गरेर भोट मागिरहेको छ ।

मंगलबार तालखोलाबाट सुरु भएको घरदैलोमा जनयुद्धका क्रममा शहीद भएका छोटेलाल चौधरीको स्मरणमा देउराली फेदीमा श्रद्धाञ्जली कार्यक्रम आयोजनारी शहीदप्रति सम्मान व्यक्त गरिएको थियो । तालखोला, कपुजे, मालेपाटन, ढोरवेशी, देउराली फेदी हुँदै आँपुखोलासम्म घरदैलो गरिएको थियो ।

सो वडामा माओवादी केन्द्रले वडाध्यक्षमा भवानी पौडेललाई उम्मेदवार बनाएको छ । खुला सदस्यमा अर्जुन मल्ल र गोकुल विक, महिला सदस्य गंगा पौडेल र दलित महिला सदस्य बसन्ती विक रहेको वडा कमिटीका अध्यक्ष यज्ञप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

‘खानेपानी, सडक र सिंचाईलगायतको विकासका लागि माओवादीलाई भोट’
पोखरा–२८ का माओवादी केन्द्रका उम्मेदवारले खानेपानी, सडक र सिँचाई लगायतका पूर्वाधार विकासका लागि माओवादीलाई मत दिन आग्रह गरेका छन् । चुनावी अभियानमा होमिएको माओवादीका उम्मेदवारले महानगरका अन्य वडाहरुभन्दा विकासमा पछि परेको वडा नं २८ को विकासका लागि एक पटक माओवादीलाई जिताउन आग्रह गरे ।

बेत्यानीबाट घरदैलो सुरु गरेको उम्मेदवारले नौरुङ, डाडाँगाउँ, सौर्य बजार, लामिछाने गाउँ र थापा गाउँमा पार्टीलाई जिताउन आग्रह गर्दै मत मागे माओवादी केन्द्रले वडाध्यक्षमा श्यामबहादुर केसी, खुला सदस्यमा यज्ञप्रसाद तिवारी, पुष्पराज त्रिपाठी, महिला सदस्य गंगादेवी ओझा भुर्तेल र दलित महिला सदस्यमा सुकुमाया नेपाली उम्मेदवार बनाएको छ ।

अन्नपूर्णमा माओवादीको चुनावी सरगर्मी बढ्दै
स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा नेपाल कम्युनिष्ट्र पार्टी (माओवादी केन्द्र) अन्नपूर्ण गाउँपालिकाले घरदैलो अभियानलाई तीब्रता दिएको छ ।

त्यस क्रममा सुरुका दिनहरुको तुलनामा नेता, कार्यकर्ता तथा जनसहभागि पनि बढ्दै गएको छ ।सयौंको सहभागितामा आज मंगलवार स्थानीय मराउँचे, ठूलाचौर, सेराचौर लगायतका स्थानमा घरदैलो गरिएको हो ।

घरदैलोका क्रममा जनताले परिवर्तनको संवाहक पार्टी माओवादी भएको भन्दै गोलाकार भित्रको हसियाँ हैथौडामा मत दिने प्रतिबद्धता जनाए ।
यस्तै माओवादीले भोली बुधवार पाउँदुर, काँडे, गोलडाँडा, लक्ष्मीदेउराली, रयाले लगायत भदौरे र सल्यानमा चुनावी अभियान सम्पन्न गर्ने पनि जनाएको छ ।

Comments
Loading...